IME Life New

एनएलजी इन्स्योरेन्सद्वारा कपुरकोट गाउँपालिकामा कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सल्यानको कपुरकोट गाउँपालिकामा कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कायृक्रम कार्तिक १९ गते कपुरकोट गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, बिशिष्ट अतिथिमा गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी, बिशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत भरत कुमार ओलि थिए ।

Esewa
Crest

त्यसैगरी अतिथिहरुमा ३ नं. वडा का वडा अध्यक्ष प्रदिप खड्का , ५ नम्बर वडा अध्यक्ष होमराज खड्का ६ नम्बर वडा अध्यक्ष श्याम कृष्ण बोहरा,विभिन्न कार्यपालिका सदस्यहरु पशु शाखा प्रमुख अरुणा भण्डारी, कृषि शाखा प्रमुख टीका कुमारी राई,बनस्पति कार्यालय कपुरकोट मुलपानीका प्रमुख डा. मित्र पाठक, एएसडीपी कृषि बिकाश अधिकृत प्रकाश पौडेल, पत्रकार, सुरक्षाकर्मी लगायत का बिभिन्न तह र तप्काका ब्यक्तित्वहरुको आथित्यता रहेको थियो

कार्यक्रममा विभिन्न वडाहरुको कृषक तथा कृषि समुहका अगुवाहरु गरी ८५ जनाको सहभागिता रहेको थियो । कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले छलफल कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि बीमा का प्रावधान र महत्व का बारेमा जानकारी गराएका थिए ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार ओलिले मन्तव्यको क्रममा कपुरकोट गाउँपालिका का किसानहरुलाई कृषि बीमाबाट लाभ लिन आग्रह गर्दै पालिकाको तर्फबाट पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख अतिथी कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले स्थानिय सरोकारवालाहरु सहित को कृषि बीमा सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेकोमा आयोजक एनएलजी इन्स्योरेन्स कम्पनीलाई धन्यबाद दिदै कृषकहरुलाई सरकार बाट बीमा शुल्कमा ८० प्रतिशत सम्मको अनुदान समेत रहेको र थोरै रकमले लाखौको सम्पतीको आर्थिक सुरक्षा प्रदान गर्ने भएकोले सबैले बीमा गरेर भविष्यमा आईपर्न सक्ने आर्थिक भार बाट मुक्त रहन बीमा गर्नलाई अभिप्रेरित गरेका थिए ।

कायृक्रममा प्रमुख अतिथी दुर्गा बहादुर पुनले कपुरकोट गाउँपालिका तरकारी खेतीको लागि प्रख्यात रहेको र बिभिन्न समयमा बिभिन्न कारणले किसानहरुको बालीहरु नष्ट हुंदा ठुलो क्षति भईरहेकोले पालिकाले समेत पालिका द्वारा प्रदान गरिने अनुदानका कार्यक्रममा अनिवार्य रुपमा बीमा गर्नु पर्ने प्रावधान ल्याउन लागेको बताए ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष प्रकाश भण्डारी लगायत बिभिन्न वक्ताहरुले आफ्ना मन्तब्य राखेका थिए । यस्ता किसिमका छलफल कार्यक्रमको निरन्तरताको लागि अनुरोध गरेका थिए । छलफल कार्यक्रममा सहभागी किसानहरुले कृषी तथा पशुपन्छी बीमा सम्बन्धी बृहत् छलफल चलाउनु भएकोमा खुशी व्यक्त गर्दै आफ्ना बालीनालीको बीमा गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बीमा कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले छलफल कार्यक्रममा उपस्थितभएकाहरुलाई धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए । साथै जनशक्तिको अभाव र भौगौलिक कठिनाईका कारण छिटो छरितो बीमा सेवा प्रदान गर्न कठिनाई आईरहेकोले चांडै नै सल्यान जिल्लाको सबै पालिकाहरुमा पहुंच पुग्ने गरी कृषि बीमा अभिकर्ताको तालिम संचालन गर्न लागिरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS