काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ता पेशामा आबद्ध हुन ईच्छुक व्यक्तिहरुका लागि तालिम संचालन गर्न लागेको हो । उक्त तालिम काठमाडौं, त्रिपुरेश्वर ब्लु बर्ड मल पार्टीयार्ड ब्यान्केटमा संचालन गर्न लागेको कम्पनीले जनाएको छ ।
तालिम कार्तिक २२ गते बुधबारबाट कार्तिक २४ गतेसम्म संचालन हुनेछ । तालिम शुल्क (लाइसेन्सको लागि) भने पाँच सय रुपैयाँ लाग्ने कम्पनीको भनाई छ । ईच्छुकले सम्पर्क गर्न आग्रह गरेको छ ।