काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चार जिल्लामा निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चारवटा जिल्लामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।
कम्पनीले धादिङ्गमा कार्तिक २४ र २५ गते, नुवाकोटमा मंसिर १५ गते र १६ गते, चितवनमा मंसिर २२ गते र २३ गते गर्नेछ भने मकवानपुरमा मंसिर २९ गते र ३० गते गर्न लागेको बताउको छ । कम्पनीमा अभिकर्ता भई काम गर्न इच्छुक तथा योग्य व्यक्तिले तोकिएको समयभित्र सम्बन्धित शाखामा आवेदन दिई तालिममा सहभागी हुन सक्नेछन् ।
तालिमको अन्तिम दिन सहभागीहरुले अनिवार्य रुपमा एक घण्टाको परीक्षा दिनुपर्ने कम्पनीले जनाएको छ । सो परीक्षामा ५० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेमा मात्र अभिकर्ता इजाजतपत्र प्राप्त गर्न सकिने समेत कम्पनीले जानकारी दिएको छ ।