IME Life New

ट्रष्ट माइक्रो इन्स्योरेन्सले प्राधिकरणबाट पायो लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई कारोबार संचालनका लागि औपचारिक रुपमा इजाजतपत्र दिएको छ । प्राधिकरणले कम्पनीलाई लघुबीमा व्यवसाय गर्न आइतबार लाइसेन्स दिएको हो । प्राधिकरणका अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने जनाइएको छ ।

यसअघि ६ वटा कम्पनीहरुले लाइसेन्स पाएका छन् । यस कम्पनीका संस्थापकले  पूँजी जुटाउन नसक्दा कम्पनीले लाइसेन्स पाउन ढिलो भएको थियोे  ।

Esewa
Crest

प्रवन्धपत्र नियमावली अनुसार यसमा ५३ जनाको नाम रहेको छ । यसरी पूँजी कबोल गरेका ५३ जना मध्ये अधिकांशले पूँजी जुटाउन सकेका थिएनन्। यसमा सफारी इन्भेष्टमेन्टको ९ करोड, रेजेन्सी फिन क्रपको ९ करोड, विप्रो फिनक्रपको ८ करोड २५ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ५० लाख, भिजन लुम्बिनी २ करोड ५० लाख, आविष्कार होल्डिङ एण्ड इन्भेष्टमेन्ट एक करोड ७५ लाख, जगत बहादुर पोखरेल ९० लाख, थानेश्वर पौडेल ७५ लाख, नारायण प्रसाद खनाल ७० लाख, गोपाल प्रसाद दंगालले ६५ लाख रुपैयाँको लगानी कबोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS