IME Life New

नेपालगञ्जमा गार्डियन माइक्रो लाइफको सातौं शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बाँकेको नेपालगञ्जमा आफ्नो सातौं शाखा संचालनमा ल्याएको छ । उक्त नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपनगरपालिकाका उपप्रमुख कमरुद्रिन राईले गरेका हुन् ।

उनले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरूप ग्रामीण बस्ती र लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले कम्पनीको लक्ष्य हासिल गर्नको लागि उपमहानगरपालिकाले पनि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Esewa
Crest

कम्पनीका चिफ म्यानेजर कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका न्यून आय भएका व्यक्ती, गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग, श्रमिक वर्ग बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको उल्लेख गरे । ग्रामीण बस्तीमा बीमा प्रतिको चेतना अभिवृद्धि गर्न कम्पनीले विशेष प्राथमिकता दिएको बताउँदै देवकोटाले पेपरलेस तरिकाले डिजिटल प्रविधीको प्रयोग गरी बीमा सुविधा प्रदान गरिने बताए ।

कम्पनीका प्रदेश प्रमुख विमल खड्काले स्थानीय निकायसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमाको सुविधा प्रदान गरिने जानकारी दिए । उनले डिजिटल प्रविधिको गरी जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS