IME Life New

धनगढीमा प्रभु इन्स्योरेन्सले सम्पन्न गर्यो बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले धनगढीमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०८० आश्विन १५ गते धनगढीको होटल सितारमा आयोजित कार्यक्रममा धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिहरु, प्रहरी प्रशासनका प्रतिनिधिहरु, बैंक, बित्तीय संस्था तथा सहकारी संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यको सभापतित्व तथा नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशिक कार्यालयका प्रमुख हृदयश्वर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुंदै प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बीमा सबैको लागि अपरिहार्य रहेको र बीमा गरिएको सम्पत्तिको हानी नोक्सानी भएमा बीमाले क्षतिपुर्ति बहन गर्ने भएकोले सबैले बीमा गर्नुपर्ने बताउँदै बीमाले सबै जनतालाई सबल बनाउन मद्धत पुग्ने बताए ।

Esewa
Crest

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशिक कार्यालयका प्रमुख हृदयश्वर पण्डितले बीमा सम्वन्धी यस किसिमका सचेतामुलक कार्यक्रमले जनमानसमा बीमा सम्वन्धी सचेतना बृद्धि भई बीमाको दायरा समेत बृद्धि हुने बताउँदै प्रभु इन्स्योरेन्सले बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे ।

सो कार्यक्रममा बीमा सम्वन्धी विभिन्न जानकारीहरु प्रदान गरिनुका साथै धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिहरु, प्रहरी प्रशासनका प्रतिनिधिहरु, बैंक, बित्तिय संस्था तथा सहकारी संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुसंग बीमा सम्न्धी प्रत्यक्ष रुपमा अन्तरक्रिया गरिएको थियो ।

कम्पनीले विभिन्न स्थानमा बीमा सम्वन्धी सचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS