IME Life New

प्राधिकरणले बीमा सर्भेयरकाे परिक्षा पुनः सञ्चालन गर्दै, परिक्षा शुल्क रू. ५०० मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरकाे इजाजत पत्र पुनः खुल्ला गरेकाे छ। प्राधिकरणले सञ्चालन गरेकाे सर्भेयर परिक्षामा सहभागी भइसकेका तर इजाजत पत्र लिन बाँकी रहेका सर्भेयरलाई परिक्षामा सहभागी हुन प्राधिकरणले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी अनुराेध गरेकाे छ।

प्राधिकरणले परिक्षा शुल्कवापत ५ सय रुपैयाँ प्राधिकरणकाे बै‌ंक खातामा जम्मा गरेर असाेज २१ गते भित्र प्राधिकरणकाे वेबसाइटमार्फत् आफ्नाे नाम दर्ता गराई सक्न अनुराेध गरेकाे छ। नाम दर्ता गर्न सफल हुने परिक्षार्थीकाे नामावली प्राधिकरणले असाेज २२ गते प्रकाशन गर्नेछ। असाेज २४ गतेका लागी तय भएकाे सर्भेयर इजाजत पत्रकाे परिक्षा बिहान ११ देखि १२ः३० बजेसम्म अनलाइन माध्यमबाट हुनेछ।

Esewa
Crest

प्राधिकरणका अनुसार स‌ंस्थागत सर्भेयर र व्यक्तिगत सर्भेयरकाे इजाजत पत्र वितरणका लागी परिक्षा सञ्चालन गर्न लागिएकाे हाे । यसअघिकाे परिक्षामा सहभागी हुन नसकेका तालिमेले परिक्षा दस्तुर बुझाएर परिक्षामा सहभागीता जनाउन सक्नेछन् । यसका साथै यसअघिकाे परिक्षामा सहभागी भएर पनि अनुतीर्ण भएका वा परिक्षा दस्तुर भुक्तानी गरेपनि परिक्षा फारम नबुझाएकाहरु पनि पुनः परिक्षा शुल्क भुक्तानी गरेर परिक्षामा सहभागी हुनसक्नेछन् ।

इजाजत पत्र परिक्षाका लागी नमूना प्रश्नपत्र र पाठ्यक्रम आफ्नाे वेबसाइटमा उपलब्ध गराएकाे प्राधिकरणले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS