IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही असोज २४ गतेदेखि २७ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने जाएको छ । तालिम लिनका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । तालिम लिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित जनकपुर शाखा कार्यालयमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

तालिम दस्तुर १ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । तालिममा सहभागी हुनका लागि आफुले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, चारित्रिक प्रमाण पत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो चाहिने कम्पनीले भनेको छ ।

Esewa
Crest

त्यस्तै, संस्थागतको हकमा भने सहभागी संचालक पदमा बहाल रहेको मितिदेखि कुन मितिसम्म खुल्ने आधिकारीक पत्र, तालिम लिनका लागि संचालक समितिको निर्णय भएको माइन्युट, कम्पनीको प्रबन्धपत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाणपत्र भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी नेपाली नागरिकताको प्रतिलिपी लगायत १ हजार शुल्क लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS