काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले स्याङ्गजामा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०८० आश्विन ८ गते स्याङ्गजाको भिरकोट नगरपालिका वडा नं.२ मा सञ्चालित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
भिरकोट नगरपालिका वडा नं.२ का वडा अध्यक्ष श्याम काजी अधिकारीको प्रमुख अतिथ्यतामा सञ्चालित उक्त कार्यक्रम प्रभु इन्स्योरेन्स गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रबिन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । सो कार्यक्रममा बीमा सम्वन्धी विभिन्न जानकारीहरु प्रदान गरिनुका साथै जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरिएको थियो ।
कम्पनीले विभिन्न स्थानमा बीमा सम्वन्धी सचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिने योजना रहेको छ । कम्पनीले पछिल्लो समय देशको विभिन्न ठाउँमा बीमा सचेतना कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरु गर्दै जाने बताएको छ ।