IME Life New

जानकी गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषी तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बाँके जिल्लाको जानकी गाउँपालिकाको वडा नं. ५ मा कृषी तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सोही गाउँपालिकाको वडा नं. ५ को सभाहलमा सम्पन्न भएको हो । जानकी गाउँपालिका वडा नं. ५ का कार्यबाहक वडा अध्यक्ष महोम्मद सरीफ खां को प्रमुख आतिथ्य र एनएलजी इन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य जुल्फकार मनियार ,पशु सेवा शाखा प्राबिधिक जगतराम यादव , एनएलजी इन्स्योरेन्स कम्पनी लि। नेपालगन्ज क्षेत्रीय कार्यालय का प्रमुख बिवेक भण्डारी , बजार प्रतिनिधी रजिश भण्डारी लगायत को उपस्थिती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीका नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख बिवेक भण्डारीले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले छलफल कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, बीमा का प्रावधान र महत्वका बारेमा जानकारी गराए ।

प्राबिधिक जगतराम यादवले पशुबीमा तथा कृषी बीमा कसरी गर्ने, कुनै क्षति भए कसरी दावी लिने बिषयमा जानकारी गराए पशुसेवा कार्यालय बाट बीमा कार्यक्रममा पुर्ण सहयोग रहने बताए । मन्तव्यकै क्रममा प्रमुख अतिथी महोम्मद सरीफ खांले कृषी बीमा सम्बन्धी छलफल कार्यक्रम किसानहरुको घरदैलोमा नै आएर आयोजना गरेकोमा खुशी व्यक्त गर्दै नेपाल सरकार बाट पनि किसानले तिर्नु पर्ने बीमा शुल्कमा ८० प्रतिशत सम्मको अनुदान दिईरहको हुंदा सबै किसानहरुलाई आफ्ना पशुहरु तथा अन्न बालीहरुको बीमा गरी भविष्यमा आउने आर्थिक जोखिम बाट बच्न सबैलाई अनुरोध गरे ।

साथै पालिकाको सबै वडाहरुमा यस्ता किसिमका छलफल कार्यक्रम संचालन गर्न समेत अनुरोध गरे । उक्त कार्यक्रममा स्थानिय कृषकहरु र जनप्रतिनिधीहरु गरी ६५ जनाको सहभागीता रहेको थियो ।

उक्त छलफल कार्यक्रममा सहभागी किसानहरुले बीमा दावी भु्क्तानी मा सहजता ल्याउनु पर्ने , ३ मिनेटको भिडियो बनाउने कार्य झन्झटिलो भएको ,पशु चोरी भएको मा समेत बीमा दावी पाउनु पर्ने कुराहरु राखेका थिए ।

छलफलको क्रममा उठेका गुनासाका बारेमा कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले बीमाका प्रावधान र बीमा दावी भुक्तानी छिटो छरीतो रुपमा भईरहेको र कंही कतै कमजोरी रहेको छ भने त्यसलाई सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले उत्साहजनक सहभागिताको लागि धन्यबाद व्यक्त गरे । उक्त छलफल कार्यक्रम पशु प्राबिधिक रामसुरत यादवले संचालनगरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

40%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS