IME Life New

पर्वतमा यूनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वतको मोदि गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा कार्यक्रम आज असोज ३ गते देखि ९ गते सम्म पर्वतको मोदि गाउँपालिकामा संचालन हुनेछ ।

कार्यक्रममा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका शाखा प्रमुख ढुङ्गाना र मोदि गाउँपालिकाका पशु प्राविधिक माधव सापकोटाले कृषि तथा पशुपन्छी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको लगायत निर्जीवन बीमा बारेमा प्रष्ट पारेका थिए । आज शुरुवाती दिनमा मोदि गाउँपालिकाको वडा नं ६ मा ७० घरधुरीको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो । मोदी गाउँपालिकामा रहेका ८ वटै वडामा उक्त कार्यक्रम संचालन गर्ने शाखा प्रमुख ढुङ्गानाले जानकारी दिए ।

Esewa
Crest

उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उपस्थिति रहनुका साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका पशु प्राबिधिक कर्मचारी होमनाथ भण्डारीका साथै अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS