काठमाडौं । दुई निर्जीवन लघु बीमा कम्पनीहरुले साउन महिनामा कुल ९५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार आर्थिक वर्ष २०८० /८१ को साउन महिनामा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ६३ हजार बीमा शुल्क आर्जन गरेको छ । उक्त विवरण अनुसार यस कम्पनीले १७ वटा बीमा लेख विक्री गरी ६३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको हो । यस कम्पनीले असार २८ गते भरतपुर केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।
त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले साउम महिनामा ३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरको छ । यस कम्पनीले ८ वटा बीमा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले गत साउन ११ गतेदेखि सुदुरश्चिम प्रदेशको धनगढीमा केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ ।