काठमाडौं । क्रेष्ट माइक्रो लाइफले आर्थिक वर्ष २०७९/ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस माइक्रो लाइफ कम्पनीले ६९ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
यस अवधिमा कम्पनीले ३० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । ५३ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६२ लाख १४ हजार रुपैयाँ संचिती गरेको छ । महा विपत्ती जगेडामा ६ लाख ९० हजार संचिती रहेको छ । यस अवधिमा कम्पनीले ७२ लाख ८२ हजार रुपैयाँ व्यवस्थापन खर्चमा खर्चिएको छ । कर्मचारी बोनश वापत ७ लाख ६७ हजार रुपैयाँ छुटाइएको छ ।
यस कम्पनीले विधिवत रुपमा साउन १० गतेदेखि सुर्खेतको विरेन्द्रनगरमा केन्द्रीय कार्यालय विस्तार गरी कारोबार शुरु गरेको छ ।