IME Life New

बीमा सर्भेयर संघ नेपालले भन्यो: राष्ट्रिय बीमा कम्पनीमा क्षति मुल्याङकन नगर्नु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा सर्भेयर संघ नेपालले आफ्ना सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीमा क्षति मुल्याङकनको लागि बीमा सर्भे कार्य नगर्न आग्रह गरेको छ । बीमा सर्भेयर संघ नेपालको चौथो वार्षिक साधारण सभाले नेपाल बीमक संघ र बीमा सर्भेयर संघ नेपालबीच २०७२ चैत २१ गते सम्झौता भई २०७३ बैशाख १ गतेदेखि लागु हुनेगरी गर्नुपर्ने सर्भे फि राष्ट्रिय बीमा कम्पनीले लागु नगरेको हुँदा बीमा सर्भेयर नेपालले यस्तो निर्णय गरेको हो ।

साथै सोही मितिदेखि बीमा सर्भेयर संघ नेपालका सम्पुर्ण सम्पुर्ण सदस्यहरु र सदस्य नभएका सर्भेयरहरुलाई पनि राष्ट्रिय बीमा कम्पनीमा क्षति मुल्याङकनको लागि बीमा सर्भे कार्य नगर्न आब्हान गरेको हो । सो प्रस्तावलाई सबै सदस्यहरुले सर्वसम्मतीले अनुमोदन गरिएको समेत सर्भेयर संघले जनाएको छ ।

Esewa
Crest

यस सम्बन्धमा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट हालसम्म पनि उक्त समस्या समाधानका लागि कुनै पनि चासो र पहल कदमी नउठाएको सर्भेयर संघले बताएको छ ।

यस सम्बन्धमा उक्त संघका केही सदस्यहरुले लुकीछिपी राष्ट्रिय बीमा कम्पनीमा क्षति मुल्याङकनको बीमा सर्भे कार्य गरिरहेको जानकारी भएको हुँदा संघको साधारण सभाले आदेश दिए बमोजिम सर्भे कार्य नगर्ने भनी ऐक्यवद्धता जाहेर गर्न समेत सबै सदस्यहरुलाई आग्रह गरेको छ । सबै बीमा सर्भेयर सदस्यहरुको हक हित र न्यायको लागि कुनै पनि मुल्यमा सम्झौता नगर्न समेत सम्पुर्ण सर्भेयरहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS