IME Life New

इसेवा मनि ट्रान्स्फर र ट्रयाङ्ग्लोबीच रेमिट्यान्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्रयाङ्ग्लोबाट पनि सुरु भएको छ। जसका लागि ट्रयाङ्ग्लोसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, ज्याकी लीले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले ट्र्याङ्ग्लोको वेबसाईट, मोबाईल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरु बाट रेमिट्यान्स पठाउन सक्ने छन्। साथै ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।

Esewa
Crest

एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकालले भने, “हामी हाम्रा सेवाहरू दिगो र सान्दर्भिक बनाउनको लागि हाम्रो विश्वव्यापी साझेदार, ट्र्याङ्ग्लोसँग मिलेर काम गर्न पाउँदा हर्षित छौं र हाम्रो आवश्यकता बुझ्दै क्यासलेस अर्थतन्त्र को अवधारणालाई ट्र्याङ्ग्लोले समेत आत्मसात गरेको छ ।“

ट्र्याङ्ग्लो ग्रुपका प्रमुख कार्यकारी अधिकृत,ज्याकी लीले भने,“देशको कुल ग्राह्यस्थ उत्पादनको २० प्रतिशत भन्दा बढी रेमिट्यान्सको योगदान भएकोले नेपालमा सीमापार भुक्तानी प्रक्रियामा सुधार गर्नु उच्च प्राथमिकता हो। हामी विश्वस्त छौं कि हाम्रो अन्तर्राष्ट्रिय भुक्तानी सेवाले नेपालमा पैसा पठाउन अझ छिटो र प्रभावकारी बनाउनेछ।“

इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीचको यस साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। २००९ मा स्थापना भएको इसेवा नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक र एफवान सफ्टको भगिनी कम्पनी हो। इसेवा को वनस्टप मोबाइल वालेटले ग्राहकहरूलाई रेमिट्यान्सहरू प्राप्त गर्न, आन्तरिक रूपमा पैसा पठाउन, बिलहरू तिर्न र देशव्यापी रुपमा १३ लाख व्यवसायीहरूलाई क्यूआर मार्फत ग्राहकहरूबाट डिजीटल भुक्तानी लिने सुविधा दिदै आएको छ ।

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र एक लाख तिस हजार बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

ट्र्याङ्ग्लो, अन्तर्राष्ट्रिय रेमिटेन्स, मोबाइल भुक्तानी समाधानमा आधारित एक अग्रणी नामहरू मध्ये एक हो । २००८ मा स्थापित, ट्र्याङ्ग्लोका क्वालालम्पुर, सिंगापुर, जकार्ता, दुबई र लन्डनमा कार्यालयहरू छन् र विश्वव्यापी १५० भन्दा बढी देशहरू, ५,८०० मोबाइल अपरेटरहरू, २,२०० बैंक वालेटहरू र १४०,००० नगद भुक्तानी केन्द्रहरू फैलाएको छ।

अन्तर्राष्ट्रिय भुक्तानी र उद्यम ब्लकचेन समाधानमा अग्रणी रिप्पल, ट्र्याङ्ग्लोको एक साझेदार हो । ट्र्याङ्ग्लोले रिप्पलनेट, रिप्पलको विश्वव्यापी भुक्तानी नेटवर्क मार्फत अझ फराकिलो कभरेजको साथ परिष्कृत क्रस(बोर्डर भुक्तानी सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS