IME Life New

नेकाे इन्स्याेरेन्सले काेशी प्रदेशकाे राजधानीमा जग्गा खरिद गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । नेकाे इन्स्याेरेन्सले राजधानीबाहिर काेशी प्रदेशकाे राजधानी विराटनगरमा पनि जग्गा खरिद गर्ने भएकाे छ । बाग्मतीकाे काठमाण्डाैं र लुम्बिनी प्रदेशकाे बुटवलमा जग्गा रहेकाे नेकाेले औद्याेगिक नगर विराटनगरमा प्रादेशिक कार्यालय  भवन निर्माणका लागी जग्गा खरिद गर्न लागेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचनामा ३ देखि ६ कठ्ठा क्षेत्रफल जग्गा खरिद गर्न इच्छुक रहेकाे उल्लेख छ। साउन २५ गतेसम्ममा इच्छुक जग्गाधनीले कम्पनीकाे ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा शिलबन्दी बाेलपत्र पेश गर्नुपर्नेछ। कञ्चनबारीदेखि महेन्द्रचाेक सम्म राजमार्गकाे पूर्व वा पश्चिम भित्रसम्मकाे जग्गा प्रस्ताव गर्नुपर्ने शर्त रहेकाे छ।

Esewa
Crest

नेकाे इन्स्याेरेन्सले काठमाण्डाै‌ंकाे ज्ञानेश्वरमा बीमा भवन नामक केन्द्रीय कार्यालय सहितकाे बहुउपयाेगी भवन निर्माण गरी गत वर्षदेखि प्रयाेगमा ल्याई सकेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS