IME Life New

क्रेष्ट माइक्रो लाइफको भोलि उद्घाटन हुँदै, प्राधिकरणबाट टर्म पोलिसी स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेष्ट माइक्रो लाइफले भोलि साउन १० गते उद्घाटन गर्ने भएको छ । कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गर्ने भएका हुन् । प्राधिकरणले यस कम्पनीलाई एउटा म्यादी (टर्म) पोलिसी स्वीकृती दिएको छ ।

सुर्खेतको विरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको क्रेष्ट माइक्रो लाइफले भोलि विरेन्द्रनगरको शुभ होटलमा एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको अध्यक्षमा ऋषिराज मोर रहेका छन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रतापमान श्रेष्ठ रहेका छन् ।

Esewa
Crest

यस कम्पनीमा ठुला र नाम चलेका लगानीकर्ताहरुको लगानी रहेको छ। कम्पनीमा मेट्रो क्यापिटल प्राइभेट लिमिटेडको सर्वाधिक संस्थापक शेयर स्वामित्व छ। कम्पनीमा मेट्रो क्यापिटलको ११ लाख २४ हजार ५०० कित्ता शेयर छ भने अवन्ती फिनक्रप प्रा.लिको पनि ११ लाख कित्ता शेयर छ। मेट्रो क्यापिटलका संचालकमा मृदुला सरिया छन्। अवन्ती फिनक्रपमा सुनीलकुमार झुनझुनवाला संचालक छन्।

त्यसैगरी किसनलाल दुगड र केआरएस इन्भेष्टमेन्ट प्रा.लिको ३ लाख ५० हजार कित्ता, श्रद्धा अग्रवालको २ लाख २७ हजार कित्ता, संगीतादेवी मोरको २ लाख ८ हजार ५०० कित्ता, अनुपम राठीको १ लाख ७५ हजार कित्ता, कल्याणी इन्भेष्टमेन्टको १ लाख ७३ हजार, सुमन मोर र बिना मोरको १ लाख ५२ हजार, आरएमसी कन्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट, इफिसियन्ट हाउजिङ एण्ड इन्भेष्टमेन्ट, आरएच इन्भेष्टमेन्ट एण्ड डेभलपर्स र शोभाकर न्यौपानेको १ /१ लाख कित्ता शेयर रहेको छ।

केआरएसका संचालकमा नितेश मालपानी, रघुनाथ घिमिरे, राजीवकुमार बेरुवाल, कमलकिशोर मालपानी र श्रवणकुमार बेरुवाल छन्। त्यस्तै, एलिट हाउजिङले यस कम्पनीमा ६२ हजार ५०० कित्ता लगानी गरेको छ।

अनिशकुमार गोल्यान, ग्रीन अर्थ इन्भेष्टमेन्ट, विजयसिंह वैद्य, जीवनकुमार अग्रवाल, महेशकुमार अग्रवाल, विश्वनाथ गोयल, बालाजी मार्वल, मिनोल्टा इन्भेष्टमेन्ट, गौरव गोयल लगायतका लगानीकर्ताहरुको शेयर स्वामित्व ५०/५० हजार कित्ता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS