काठमाडौं । प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । गत साउन ४ गते नेप्सेले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको र सो सम्बन्धी निर्णय नेप्सेमा जानकारी समयमा नै नगराएको भन्दै नेप्सेले कारोबार रोक्का गरी
३ दिने स्पष्टीकरण माग गरेको थियो ।
कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको र सैद्धान्तिक स्वीकृत प्राप्त हुने वा नहुने अझै अन्यौल नै रहेको व्यहोरा सहितको पत्र नेप्सेमा पेश गरी पठाएको थियो । धितोपत्र सूचिकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका सर्तहरुको अक्षरशः पालना गर्ने प्रतिबद्धता गर्दै कारोबार फुकुवा गर्न माग गरेकाले नेप्सेले कारोबार फुकुवा गरिदिएको हो ।
आगामी दिनमा यस्तो गल्ती नगर्न सचेत गराँदै नेप्सेले कारोबार फुकुवा गरिदिएको हो ।
1690177629856