काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले एसएलसी वा सो सरह उर्तिण गरेका ईच्छुक व्यक्तिहरुले नागरिकता तथा शैक्षिक प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति कम्पनीको इमेल ठेगानामा पठाउनुपर्नेछ । ईच्छुक व्यक्तिले साउन १३ गतेभित्र पठाइसक्नुपर्नेछ ।
तालिम लिन इच्छुकले ग्लोबल आइएमई बैंकको खातामा ५ सय रुपैयाँ जम्मा समेत गर्नुपर्ने हुन्छ । तालिम साउन १७ गतेदेखि १९ गतेसम्म संचालन हुनेछ । विहान ९ बजेदेखि बेुका ५ बजेसम्म हुनेछ भने परीक्षा साउन १९ गते बेलुका ५ बजेदेखि ६ः३० बजेसम्म हुनेछ । उक्त तालिम बानेश्वर शाखा कार्यालयमा हुनेछ ।