IME Life New

माइक्रोइन्स्योरेन्सका अभिकर्ताका लागि पुरानै व्यवस्था लागु हुने, एक जनाले सबै कम्पनीमा काम गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ लाइसेन्स पाएका लघु बीमा कम्पनीहरुको अभिकर्ताका लागि पुरानै व्यवस्था कायम गरेको छ । बीमा ऐन अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुमा एक अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था लघु बीमा कम्पनीहरुको हकमा लागु नहुने व्यवस्था गरिएको बीमा प्राधिकरणका सहायक निर्देशक तथा अभिकर्ता शाखाका प्रमुख शम्भु प्रसाद मिश्रले जानकारी दिए ।

नयाँ लघु बीमा कम्पनीहरुले अभिकर्ता लाइसेन्सका लागि सहजिकरण गरिदिन अनुरोध गरेका थिए । उनिहरुले कुनै एउटा बीमा कम्पनीबाट अभिकर्ता लाइसेन्स लिएर काम गरिरहेका अभिकर्तालाले स्वत लघु बीमा कम्पनीमा अभिकर्ताको काम गर्न पाउने व्यवस्था गरिदिन अनुरोध गरेका थिए । तर प्राधिकरणले अभिकर्ता सम्बन्धी कानुनी व्यवस्था भन्दा बाहिर जान नपाउने भन्दै प्रकृयाँ पुर्याएर आफैले अभिकर्ता निर्माण गर्न निर्देशन दिएको छ ।

Esewa
Crest

प्राधिकरणको यस्तो निर्देशन सँगै अव लघु बीमा कम्पनीहरुले परीक्षा प्रणालीबाट अभिकर्ता तयार पार्नु पर्नेछ । यसका लागि सबैभन्दा पहिला अभिकर्ताको तालिम सञ्चालन गर्नु पर्छ । बीमा प्राधिकरणमा पाक्षिक तथा साप्ताहिक कुन हिसावले तालिम सञ्चालन गर्ने हो त्यसको सेड्युल तयार पारेर प्राधिकरणमा बुझाउनु पर्छ ।

तालिम सञ्चालन लगत्तै परिक्षा सञ्चालनको लागि बीमा प्राधिकरण समक्ष स्वीकृति माग गर्नु पर्छ । प्राधिकरण आफै परिक्षा सञ्चालन गर्ने गरी वा कम्पनीलाई नै परिक्षा सञ्चालन गर्ने गरी स्वीकृति प्रदान गर्दछ । यदि प्राधिकरणले कम्पनीलाई नै परिक्षा सञ्चालन गर्न स्वीकृति दियो भने नियम पुर्याएर परिक्षा सञ्चालन गर्नु पर्छ । यसरी परिक्षा लिएर मात्रै माइक्रोइन्स्योरेन्स कम्पनीले लाइसेन्स दिन पाउछन् ।

बीमा कम्पनीहरुले सहजबाटो बाटै अभिकर्ता बनाउन खोजेका थिए । तर प्राधिकरणले जुन कम्पनीलाई अभिकर्ता आवस्यक पर्छ त्यसैले अभिकर्ता उत्पादन गर्नु पर्ने भन्दै उनिहरुको प्रस्तावलाई अस्वीकार गरिदिएको छ । अभिकर्ताले पाउने सेवा सुविधा भने अहिले विद्यमान जीवन तथा निर्जीवन बीमा कम्पनीमा जे जे रहेको छ त्यहि नै कायम रहने जनाएको छ । बीमा नियमावली २०८० मा लघु बीमा कम्पनीको अभिकर्ता सम्बन्धी छुट्टै व्यवस्था रहेको छ । तर त्यो नियमावली मन्त्रिपरिषदबाट पारित भएर नआएसम्म पुरानै नियमावलीमा रहेको व्यवस्था लागु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS