Connect IPS
IME Life

गार्डिएनको डिसिइओमा बीमा प्राधिकरणका सिए पाण्डे, नियामकको जागिर छाडेर कम्पनीको सेकेण्ड म्यान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका चार्टर्ड एकाउन्टेन्ट ज्योति प्रकाश पाण्डे नयाँ लघु जीवन बीमा कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत ‘डिसिइओ’मा जाने भएका छन् । पाण्डे बीमा प्राधिकरणको जागिर छाडेर गार्डिएन माइक्रोइन्स्योरेन्स कम्पनीमा सेकेण्ड म्यान भएका हुन् । उनि बीमा प्राधिकरणमा लामो समयदेखि चार्टर्ड एकाउन्टेन्टमा कार्यरत थिए ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी नियुक्त भइसकेका छन् । जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीमा लामो अनुभव हासिल गरेका भण्डारीले आफ्नो कार्यभार सम्हालिसकेका छन् । प्राधिकरणका पाण्डे भण्डारी सँग सँगै काम गर्ने छन् ।

Prabhu
Crest

कम्पनीको मुख्य लगानीकर्ता दिपक भट्ट र शंकर ग्रुपका साहिल र सुलभ अग्रवालहरु रहेका छन् । कम्पनीको अध्यक्ष विज्ञानराज शर्मा छन् ।

कम्पनीको केन्द्रिय तथा प्रधान कार्यालय कोशी प्रदेशको विराटनगरमा रहेको छ । कम्पनीले विराटनगरबाट नेपालभर लघु जीवन बीमा व्यवसाय गर्नेछ । प्राधिकरणले प्रादेशिक रुपमा सात वटा प्रदेशमा एक एक वटा लघु बीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गरेको छ । कम्पनीले यहि असार भित्रै व्यवसाय शुभारम्भ गर्दैछ । प्राधिकरणबाट बीमा पोलिसी स्वीकृत हुन बाँकी रहेकाले कम्पनीले व्यवसाय शुभारम्भको घोषणा गरेको छैन । कार्यालय सञ्चालनका लागि सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेको कम्पनीले बीमा पोलिसी स्वीकृत हुने वित्तीकै बजारमा आउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

46%

खुसी

15%

दु :खी

15%

अचम्मित

8%

उत्साहित

15%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS