IME Life New

जलवायु परिवर्तनले बीमा क्षेत्र सर्वाधिक जोखिममा, प्राकृतिक प्रकोपले दाबी बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन (Asian Insurance Meet, 2023) आज काठमाडौंमा उद्घाटन गरेका छन् । अर्थमन्त्री डा. महतले समारोहलाई सम्बोधन गर्दै दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्नका लागि बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए ।

अर्थमन्त्री डा. महतले प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, साइवर चुनौती लगायतका नयाँ नयाँ जोखिमहरुले बीमा क्षेत्रमा मात्र नभई व्यक्तिगत, सामाजिक र व्यवसायिक सुरक्षामा समेत प्रभाव पार्ने बताए ।

Esewa
Crest

अर्थमन्त्री डा. महतले बीमा क्षेत्रका नियामक निकायहरुले परिवर्तित जोखिमहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औंल्याउदै प्रभावकारी नियमनका लागि आपसी सद्भाव अभिवृद्धि, उत्कृष्ट अभ्यासको आदानप्रदान र सामूहिक सिकाई आवश्यक रहेको बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारले वित्तीय नीतिमा बीमालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सरकारले कृषि बीमाको प्रवर्द्धन, लघुबीमालाई प्रोत्साहन र बीमाको पहुँच वृद्धिका लागि समावेशी बीमा जस्ता नविनतम् नीतिहरु कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

अध्यक्ष सिलवालले बीमा क्षेत्रका नियामक निकायहरुले नवीनतम् प्रविधिको प्रयोग, बीमितको संरक्षण र बजारमा स्वच्छ अभ्यासको प्रवद्र्धन तथा बीमाको पहुँच वृद्धि गर्ने किसिमले जोखिम व्यवस्थापन रणनीतिहरु सहितको प्रभावकारी ढाँचा विकास गर्नुपर्ने बताए ।

सम्मेलनको आजको दोस्रो दिनको सत्रमा जलवायु परिवर्तनका चुनौती र बीमा क्षेत्रको भविष्य, जलवायु परिवर्तनको जोखिमका सन्दर्भमा नियामक निकाय, बीमक र पुनर्बीमकको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाको अनुभव तथा कृषि बीमाको विकास र अभ्यास सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।

यसअघि सम्मेलनको पहिलो दिन, हिजो विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरुको सहभागितामा भएको सत्रमा नेपाली बीमा क्षेत्र तथा नियामकीय ढाँचा, Risk Based Solvency को कार्यान्वयन, जोखिममा आधारित पूँजीगत ढाँचा, बीमा क्षेत्रमा नवीनतम् डिजिटल प्रविधि र बीमा व्यवसायको विकासका लागि नियामक निकायहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।

International Association of Insurance Supervisors (IAIS), Asian Development Bank (ADB) र  Access to Insurance Initiative (A2ii)  को सहयोगमा आयोजित तीनदिने सम्मेलनको मूल विषय ‘Building Resilience of Insurance towards Emerging Risk’ रहेको छ ।

भोलिसम्म हुने सम्मेलनमा नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापान लगायत विभिन्न २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरू, बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS