Connect IPS
IME Life

प्रधानमन्त्रीको भारत भ्रमणः यस्ता छन् सम्झौता र उपलब्धिहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणमा रहेका छन् । आज भ्रमणको दोस्रो दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्डबीच भेटघाट भएको छ । भेटमा दुई देशबीचको मित्रता, राजनैतिक, साँस्कृतिक, व्यापारिक लगाएतका बिषयमा छलफल भएको छ ।
यस क्रममा भारतीय प्रधानमन्त्री मोदिले सम्बोधन गर्दै आफूले ९ वर्षअघि नेपाल भ्रमण गरेको र सो भ्रमणको क्रममा आफूले नेपाल भारतको सम्बन्ध बिस्तारका लागि सोचेको कुराहरु पूरा हुँदै आएको बताए । उनले आफ्नो कार्यकालमा नेपालको बीरगञ्जमा नेपालकै पहिलो आईपीसी बनाइएको, भारत र नेपालबी पहिलो पटक क्रस बोर्डर पेट्रोलियम पाइप लाइन बनाएको बताए । साथै पहिलो पटक ब्रोडगेज रेल लाइन स्थापित गरिएको र सीमामा नयान् ट्रान्समिटर लाइनको समेत निर्माण गरिएको बताए । भारतले हाल नेपालबाट ५० हजार मेगावट बिजुली आयात गरिरहेको उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा ट्रान्जिट एग्रिमेन्ट सम्पन्न भएको छ । प्रधानमन्त्री मोदीले राखेको सम्बोधनमा निम्न कुराहरु उल्लेख गरिएको छ ।
आज सम्पन्न भएको ‘ट्रान्जिट एग्रिमेन्ट’ पश्चात नेपाली जनताका लागि नयाँ रेल्वे रुटसँगै भारतको इनल्यान्ड वाटरवेजको सुविधा पनि प्रदान गरिएको छ । नयाँ रेल लिंक्स स्थापना गरेर फिजिकल कनेक्टिभिटिलाई बढाउने निर्णय लिएका भएको छ। यसका साथै भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

नेपालको सुदूरपश्चिम क्षेत्रबाट केनेक्टिभिटिलाई बढावा दिनका लागि शिर्षा र झुलाघाटमा दुईवटा थप पुल बनाइने छ । क्रस बोर्डर डिजिटल पेमेन्टको माध्यमबाट आर्थिक सम्बन्धमा व्यवस्था गरिएका प्रावधानहरूलाई स्वागत गरिने प्रधनमन्त्री मोदीको भनाई छ। यसको प्रत्यक्ष लाभ हजारौँ विद्यार्थी, लाखौँ पर्यटक र तीर्थ यात्रीसँगै स्वास्थ्य उपचारका लागि भारत आउने बिरामीहरूलाई पनि पुग्नेछ ।

Prabhu
Crest

तीनवटा आईपीसीको निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुनेछ । अघिल्लो वर्षमा हामीले ऊर्जाको क्षेत्रमा सहयोगका लागि एउटा बलियो जग तयार पारेको उनले बताए । त्यसैलाई अगाडि बढाउँदै भारत र नेपालका बीच ‘लङ टर्म पावर ट्रेड एग्रिमेन्ट’ सम्पन्न भएको छ। यसअन्तर्गत आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य रहेको छ । फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत आयोजनाको विषयमा भएको सम्झौताले विद्युत क्षेत्रको सहयोगमा थप बल पुगेको छ । मोतिहारी—अमलेखगंज पेट्रोलियम पाइपलाइनको सकारात्मक प्रभावलाई ध्यानमा राख्दै यो पाइप लाइनलाई चितवनसम्म विस्तार गर्ने निर्णय भएको छ ।

यसका अतिरिक्त सिलिगुडीबाट पूर्वी नेपालको झापासम्म एउटा अर्को नयाँ पाइपलाइन बनाउने निर्णय गरिएको छ। यसका साथै चितवन र झापामा नयाँ स्टोरेज टर्मिनल पनि लगाइने छ । नेपालमा एउटा नयाँ मल कारखाना स्थापना गर्नका लागि आपसी सहयोग गर्ने विषयमा नेपाल भारतबीच सहमति भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS