IME Life New

साउनसम्म शाखा कार्यालयको मापदण्ड पुरा गर्न अध्यक्ष सिलवालको निर्देशन, नमाने बन्द गराउछौ !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आगामी असार मसान्त भित्रमा शाखा कार्यालय सम्बन्धी मापदण्ड पुरा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । यदि कसैले साउनसम्ममा पनि मार्गदर्शन अनुसार मापदण्ड पुरा नगरेमा, भाचिएका कुर्सीहरु राखेरै कार्यालय सञ्चालन गरेमा, प्रयाप्त कर्मचारी नियुक्त नगरेमा बन्द गराउने चेतावनी दिएका छन् । कृषि बीमाको ५० लाख रुपैयाँसम्मको दाबी भुक्तानी सम्बन्धी शाखा कार्यालयलाई नै अधिकार प्रत्यायोजन गर्न समेत निर्देशन दिएका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले संयुक्त कारोबारको भव्य उद्घाटन गरेको छ । ३० वर्षे इतिहास बोकेको साविक युनाइटेड इन्स्योरेन्स कम्पनी र ५/६ वर्षको अजोड इन्स्योरेन्स कम्पनी विच मर्जर भएर आजदेखि संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।

Esewa
Crest

कार्यक्रमको उद्घाटन समारोहलाई संबोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालको बीमा इतिहासमा आजको मर्जर पश्चात १९ वटा कम्पनी मर्जर गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।

हिजोका दिनसम्म बीमा कम्पनी धेरै भए बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो भनिरहदा अवका दिनमा त्यस्तो अवस्था नरहेको भन्दै सिलवालले कम्पनीलाई नयाँ नयाँ बीमा पोलिसीका लागि अनुसन्धानमा खर्च गर्न अनुरोध गरेका छन् ।

उनले प्रविधिमा खर्च गर्न अनुरोध गर्दै एक हातले पोलिसी काट्दै गर्दा अर्को हातले सजिलै दाबी भुक्तानी पाउने व्यवस्था गर्न समेत आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई दाबी भुक्तानीका लागि दवाव दिए सँगै दाबी भुक्तानीको अनुपातमा ह्वात्तै बृद्धि भएको दाबी गरे । एक दुई सय वटा दाबी भुक्तानी नभएको उदाहरणलाई लिएर लाखौ दाबी भुक्तानी भएका घटना ओझेलमा परेको उनको तर्क छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा प्राधिकरणको मर्जरको नीति पश्चात पुनः नयाँ बीमा कम्पनी जारी हुन सक्ने भन्दै आशंका व्यक्त गरे । उनले प्राधिकरणलाई नयाँ बीमा कम्पनीहरु जारी गर्ने व्यवस्थाको अन्त्य गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरे ।

मल्लको आशंकालाई चिर्दै अध्यक्ष सिलवालले आफ्नो कार्यकालभरी नयाँ बीमा कम्पनीको लाइसेन्स जारी नगर्ने बचतबद्धता व्यक्त गरे । मर्जर सँगै प्राधिकरणले लघु बीमाको लाइसेन्स जारी गरेको विषयलाई लिएर आलोचना भएको भन्दै अध्यक्ष सिलवालले पुराना बीमा कम्पनीहरुबाट माइक्रोपोलिसीमा सुधार नभए पनि बाध्य भएर नयाँ कम्पनी जारी गर्न बाध्य भएको जवाफ दिए । उनले भने ‘हामीले १० वर्षदेखि बीमा कम्पनीहरुलाई माइक्रोपोलिसीका लागि टार्गेट दियौ तर जम्मा २ प्रतिशत मात्रै उपलब्धी हासिल भयो । गरिव वर्गको बीमा नहुने अवस्था आए पछि बाध्य भएर लघु बीमा कम्पनीको लाइसेन्स जारी गरेका हौ ।’

अझै पनि बीमा कम्पनीहरुमा विक्रिती बाँकी रहेको भन्दै प्राधिकरणले यसलाई नजिकबाट नियाली रहेको भन्दै उनले चेतावनी दिएका छन् । प्राधिकरणले हिजोका दिनसम्म बीमा कम्पनीका सिइओ तथा कम्पनीहरुलाई कारबाही गर्दै आएकोमा अव जुन कर्मचारीले नियम उल्लङ्घन गर्छ उसैलाई कारबाही गर्ने नीति लिएको उनले जानकारी दिए ।

बीमा कम्पनीहरुले असिमित जोखिम लिने अनि उधारोमा पोलिसी काट्ने त्यसमा पनि प्रयाप्त मात्रामा पुनर्बीमा नगर्नेसम्मका अभ्यास देखिएको भन्दै यस्ता काम तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उनले कम्पनीहरुलाई कर्मचारीको क्षमता अभिबृद्धिका लागि खर्च गर्न अनुरोध गरेका छन् ।

मर्जर समारोहलाई संबोधन गर्दै साविक युनाइटेड इन्स्योरेन्स कम्पनीका साविककै अध्यक्ष रविभक्त श्रेष्ठले ३० वर्ष इतिहास बोकेको कम्पनीले मर्जर गरेर अर्को इतिहास बोकेको भन्दै आगामी दिनमा आफुलाई पाँचौ नम्बरमा उभ्याउने गरि काम गर्न सबैलाई आग्रह गरेका छन् । मर्जर पछि कम्पनीको पहिलो पोलिसी खरिद कर्ता निरज पाण्डेलाई पोलिसी फाइल हस्तान्तरण गरिएको थियो ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कार्यक्रमलाई संबोधन गर्दै आफु पनि युनाइटेड इन्स्योरेन्स कम्पनीको पहिलो पोलिसी बिक्रीकर्ता रहेको भन्दै यहीबाट आफ्नो करिअर सुरुवात भएको बताएका थिए । उनले कृषि बीमामा देखिएको ग्यापलाई कम्पनीले फुलफिल गर्न शुभकामना दिएका छन् ।

त्यस्तै राजेन्द्र मल्लले हिजोका दिनमा ५ करोडमा स्थापित कम्पनीले साढे दुई अर्ब पूँजी पुर्याएको भन्दै नेपाल बीमा प्राधिकरणलाई लगानीका नयाँ नयाँ ढोका खोलिदिन अनुरोध गरेका छन् । प्राधिकरणको सक्रियता पछि उधारोमा बीमा पोलिसी खरिद बिक्री गर्नु हुँदैन भन्ने अभ्यासको सुरुवात भएको भन्दै प्रशंशा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

7%
sad

दु :खी

27%
amazed

अचम्मित

7%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS