Connect IPS
IME Life

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको सिइओमा मृगेन्द्र रिमाल, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मृगेन्द्र रिमाल नियुक्त हुने पक्का भएको छ । नेपाल बीमा प्राधिकरणले रिमाललाई नियुक्त गर्न गरेको प्रस्तावलाई आज स्वीकृत गरे सँगै कम्पनीले उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने बाटो खुला भएको हो ।

रिमाल कृषि विकास बैंकका पुर्व कर्मचारी हुन् । बैंकिङ क्षेत्रमा ३० वर्ष भन्दा लामो अवधिसम्म काम गरेका रिमाललाई कम्पनीले सिइओको जिम्मेवारी सुम्पिने भएको हो । भरतपुर चितवनमा केन्द्रिय कार्यालय रहेको नेपाल इन्स्योरेन्स कम्पनीमा ठुला र नाम चलेका ४८ जना लगानीकर्ताको लगानी रहेको छ ।

Prabhu
Crest

यस कम्पनीमा सारथी क्यापिटलको सर्वाधिक लगानी छ । यस क्यापिटलको ११ लाख १५ हजार कित्ता लगानी रहेको छ भने सेन्ट्रम क्यापिटलको ७ लाख ३२ हजार कित्ता, इन्फिनिटी होल्डिङको ६ लाख कित्ता, टिटानियम क्यापिटलको ५ लाख ५० हजार कित्ता, रहिशा साख: श्रेष्ठ र हुलास अटो क्राफ्ट प्राइभेट लिमिटेडको ३/३ लाख कित्ता, प्रेम गुरुङ एण्ड ग्रुपको १ लाख २५ हजार कित्ता, प्रिन्टसेल इमेजिङ, सुलोचना अग्रवाल र लीला अग्रवालको १/१ लाख कित्ता लगानी छ । इन्फिनिटी होल्डिङको प्रवन्ध निर्देशक दीपक भट्ट हुन् ।

यस्तै टिटानियम क्यापिटलमा नेपाल उद्योग वाणिज्य महासंघकी पुर्व अध्यक्ष भवानी राणा र दीपक भट्ट संचालक छन् । हुलास अटो क्राफ्टका प्रबन्ध निर्देशक नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा हुन् ।

गोल्याण ग्रुपबाट बाहिरिएर मेड इन नेपाल कम्पनी खोलेकी लतिका गोल्याणको यो कम्पनीमा ७५ हजार कित्ता सेयर छ । बिजवल्ड एडभाइजरी, शरद गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, प्रवीना दाहाल, बिनु अग्रवाल, मुरारका समूहकै शिरिष मुरारका र राजेशकुमार अग्रवाल र मीना श्रेष्ठको सेयर ५० हजार कित्ता छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS