IME Life New

चार लघुबीमा कम्पनीका अध्यक्षले ग्रहण गरे सपथ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूले सपथ ग्रहण गरेका छन् । उनीहरुले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष कृतिका अग्रवाललाई शपथ गराएका हुन् ।

Crest

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको समग्र जिम्मेवारी संचालक समितिका अध्यक्षको हुने भएकाले कम्पनीहरू अध्यक्षको निगरानीमा रहनुपर्ने बताए ।

अध्यक्ष सिलवालले न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नेगरी धेरै लामो प्रयासपछि लघुबीमा कम्पनीहरू स्थापना भएको उल्लेख गर्दै सोही उद्देश्य अनुरूप स्थानीय स्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धाका साथ इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS