IME Life New

निर्जीवन बीमा शुल्क आर्जनमा पनि देखिन थाल्यो गिरावट, फागुनमा कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत माघ महिनामा मात्रै कम्पनीहरुले २ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । यस महिनादेखि निर्जीवन बीमा कम्पनीहरुको पनि व्यवसाय घट्न थालेको छ ।

फागुन महिनामा शिखरले ३६ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा दोस्रो नम्बरमा रहेको नेकोको २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गएको माघ महिनामा शिखरले भने ३२ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको थियो ।  त्यस्तै नेकोको २१ करोड २ लाख रुपैयाँ मात्रै थियो । यस बाहेक अधिकाम्स कम्पनीको बीमा शुल्क आर्जनमा सामान्य गिरावट देखिएको छ । विगतका महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा गिरावट देखिएको थिएन । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा गिरावट हुँदै आएकोमा अव निर्जीवन बीमा कम्पनीहरुमा पनि देखिन थालेको हो ।

Esewa
Crest

सानिमा सिआइसीले फागुन महिनामा २१ करोड ७४ लाख आर्जन गर्दा माघमा १८ करोड ९ लाख रुपैयाँ मात्रै थियो । हिमालयन एभरेष्टले फागुनमा २१ करोड ४२ लाख रुपैयाँ आर्जन गर्दा माघमा भने १८ करोड १९ लाख रुपैयाँ मात्रै थियो ।

एनएलजीले १८ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा गएको माघ महिनामा १९ करोड ९० लाख थियो । सगरमाथाले १७ करोड ९४ लाख आर्जन गर्दा गएको माघ महिनामा १९ करोड ७ लाख थियो । मर्जरका कारण फागुन अन्तिम तीन दिनको तथ्याङ्क सगरमाथा लुम्बिनीको नामबाट कारोबार भएको छ ।

आइएमई जनरलले फागुनमा १५ करोड ९७ लाख रुपैयाँ आर्जन गर्दा गएको माघ महिनामा कम्पनीले १४ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको थियो । फागुन महिनामा अजोडले १५ करोड ४१ लाख, प्रुडेन्सियलले १३ करोड १३ लाख, सिद्धार्थले १२ करोड २४ लाख, नेपाल इन्स्योरेन्सले ११ करोड ३९ लाख, राष्ट्रिय बीमा कम्पनीले ११ करोड १२ लाख रुपैयाँ आर्जन गरेका छन् ।

हेर्नुहोस् कुन कम्पनीको कति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS