IME Life New

नेपाल इन्स्योरेन्स कर्मचारी संघको केन्द्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा घिमिरे सर्वसम्मत निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कर्मचारी संघको केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय कमदालीमा सम्पन्न भएको कार्यक्रममा कम्पनीको प्रमुख करायकारी अधिकृत विर कृष्ण महर्जन, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष पदमराज रेग्मी, यसै समितिका उपाध्यक्षहरु राजु बहादुर जि.सी, शम्भु प्रसाद मिश्र, महासचिव विकास श्रेष्ठ, कम्पनीका सहायक महाप्रवन्धक चन्द्रनाथ उप्रेती लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख कार्यकारी अधिकृत महर्जनले नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघ २०५५ सालमा स्थापना भएको र संघबाट व्यवस्थापनलाई निरन्तर रचनात्मक सहयोग प्राप्त भएको बताए । कार्यक्रममा सहभागि भएका सम्पुर्ण अतिधिहरुले प्रतिष्ठान र कर्मचारी संघ एक अर्काको प्रतिद्धन्दी होइनन्, सहमति र सहकार्यबाट नै प्रतिष्ठानको विकास, विस्तार र उत्पादकत्वमा बृद्धि हुने बताएका थिए । उनिहरुले यहिबाट नै प्रतिष्ठानमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सेवा, सुविधा र विद्धि विकासमा सहयोग पुग्ने हुँदा व्यवस्थापन र कर्मचारी मिलेर काम गर्नु पर्ने भन्दै शुभकामना दिएका थिए ।

Esewa
Crest

कम्पनी रह्यो भने कर्मचारी युनियन रहने र कर्मचारी विना कम्पनी पनि नरहने हुँदा दुबैले एक अर्काको अस्तित्व बचाउन तर्फ लाग्नु पर्ने उपाध्यक्ष मिश्रले बताएका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कृष्णराम पराजुलीले गरेका थिए ।

महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा भिम प्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । सहमतिकै आधारमा उपाध्यक्षमा अजय कुमार न्यौपाने, महासचिवमा कृष्ण पराजुली, सचिवमा दुर्गादेवी कार्की, कोषाध्यक्षमा तारा बहादुर कार्की, सदश्यहरुमा कमला कुँवर, तुसार थापा, विधात्री शाह, रन्जित कुमार भारती, विक्रम रिजाल र रुपक ढुङ्गेल सहित ११ जना निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS