IME Life
GBIME

सानिमा जिआईसीको शेयर संरचना परिवर्तन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिमार्जन हुने भएको छ । कम्पनीले संस्थापक समुहको शेयर सर्वसाधारण समुहमा परिमार्जन परिणत गर्ने जनाएको छ ।

कम्पनीले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने भएको हो । हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Crest

कम्पनीले शेयर स्वामित्व परिमार्जन गर्ने प्रस्ताव असोज ११ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समेत संशोधन अभिलेख भइसकेको र नेपाल बीमा प्राधिकरणबाट समेत सैद्धान्तिक सहमति प्राप्त भएको जनाएको छ ।

कोही संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर सर्वसाधारण समुहमा परिवर्तन गर्न नचाहानेले सोहि अनुसारको निवेदन सात दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय वा सानिमा क्यापिटलको कार्यालयमा उपलब्ध गर्न आग्रह गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS