काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ५ लाख १४ हजार ८० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।