काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले वार्षिक ६३ लाख ६२ हजार रुपैयाँको तलब सुविधा बुझेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा तलब बापत ५२ लाख ४० हजार रुपैयाँ र नियम अनुसार कर्मचारी बोनस बापत ११ लाख २२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस भन्दा अघिल्लो वर्षमा पन्तले ६५ लाख १० हजार रुपैयाँ तलब सुविधा बुझेका थिए । यस वर्ष उनले प्राप्त गरेको बोनस रकम घट्दा समग्रमा उनले बुझेको रकम नै घटेको हो । अघिल्लो वर्ष उनले तलब सुविधा बापत ५१ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेका थिए भने बोनस बापत १३ लाख ७४ हजार रुपैयाँ बुझेका थिए ।
उनले यसबा बाहेक टेलिफोन, काम विशेषले बाहिर जादा होटल तथा यातायात खर्च, गाडी सुविधा पाउने गर्छन् । कम्पनीको उच्च व्यवस्थान तहका कर्मचारीले भने गत वर्षमा २ करोड २ लाख रुपैयाँ बुझेका छन् । अघिल्लो वर्षमा उच्च व्यवस्थापन तहका कर्मचारीले एक करोड ८१ लाख रुपैयाँ प्राप्त गरेका थिए ।