IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार १५ दिन रोक्का हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोलि फागुन २९ गतेदेखि निर्जीवन बीमा व्यवसाय एकीकृत कारोबार सुरु गर्ने भएसँगै लुम्बिनी जनरलको कारोबार १५ दिन रोक्का हुने कम्पनीले नेप्से मार्फत एक सुचना जारी गर्दै जनाएको छ ।

सेबोनबाट जारी संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ बमोजिम गाभ्ने गाभिने कम्पनीको शेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचिकरण प्रयोजनका लागि कम्पनीको एकीकृत ब्यवसायिक कारोबार प्रारम्भ गरेको मिति फागुन २९ गतेदेखि १५ दिनका लागि लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का हुने जनाएको छ ।

Esewa
Crest

फागुन २४ गते बसेको संयुक्त मर्जर समितिको बैठकबाट गाभिए पश्चात् फागुन २९ गतेबाट एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो । यी दुई कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डं, कम्पनी रजिष्ट्रारको कार्यालयबाट गाभ्ने /गाभिन अन्तिम स्वीकृति पाएसँगै ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ को नामबाट भोलिदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १००ः८० कायम हुने जनाएको छ ।

1678595237545

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS