IME Life New

नेपाल इन्स्योरेन्सका नव नियुक्त अध्यक्ष पौडेलले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष लक्ष्मण पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम सञ्चालक समितिको अध्यक्ष पदमा लक्ष्मण पौडेल सर्वसम्मतीबाट चयन भएका थिए । नव नियुक्त अध्यक्ष पौडेलले आज फागुन १८ गते विहिवार बीमा ऐन २०७९ को दफा ४७ को उपदफा ६ बमोजिम बीमा प्राधिकरणका अध्यक्ष सुय प्रसाद सिलवाल ज्यू समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

साथै सो अवसरमा उनले नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सहभागितामा वि.स. २००४ सालमा स्थापित यस कम्पनीले बिगत ७६ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वासीलो र भरपर्दो बीमा कम्पनीको रुपमा बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत कम्पनीको ख्यातिलाई उच्च राखी आप्mना बीमितहरुको विश्वासलाई कायम राख्न तथा शेयरधनीहरुकोे लगानीलाई सुनिश्चत र उचित प्रतिफल दिनुका साथै संस्थागत सुशासन लगायत प्रचलित ऐन, कानून, नियामक निकायहरुद्वारा जारी नीति, निर्देशनहरुको पूर्ण रुपम पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS