Connect IPS
IME Life

शिखर इन्स्योरेन्सले सर्भेयरसँग गर्यो सम्पत्ति शूद्धीकरण सम्बन्धी कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्सले सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा सर्भेयरहरूका लागि मिटिङ्ग आयोजना गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सर्भेयरहरुका लागि सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणू शीर्षकमा मिटिङ्ग सफलतापूर्वक आयोजना गरेको हो ।

मिटिङ्ग २०७९ फागुन १२ गते दिउँसो १ देखि २ः३० बजेसम्म अनलाइन प्लेटफर्म जुम मार्फत सम्पन्न भएको थियो । मिटिङ्गमा सम्पत्ति शूद्धीकरण गर्ने र आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण र यसले देश जनतालाइ कसरी फाइदा गर्छ भन्ने विषयमा छलफल भएको थियो।

Prabhu
Crest

मिटिङ्गमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सर्भेयरहरुको सहभागिता रहेको थियो । यस कम्पनीका शीर्ष कार्यकारीहरूको अध्यक्षतामा भएको मिटिङ्गमा उनीहरुले विभिन्न विषयवस्तुमा बहुमूल्य धारणा व्यक्त गरे ।

सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए र विषयसँग सम्बन्धित धेरै महत्त्वपूर्ण प्रश्नहरू उठाएका थिए । मिटिङ्गमा सम्पत्ति शूद्धीकरण तथा आतड्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका मुद्दाहरूको बारेमा सर्भेयरहरूलाई चेतना जगाउन मद्दत गर्ने विश्वास रहेको छ ।

उक्त तालिममा सम्पति सुद्धिकरण के हो, सम्पति सुद्धिकरण कसरी गरीन्छ, सम्पति सुद्धिकरण को चक्र, सम्पति सुद्धिकरण किन गर्नुपर्छ , बीमा क्षेत्रमा सम्पति सुधिकरंणको महतो के हो, कानुनी रुपरेखा ,सम्पति सुधिकरंको लागि बीमकहरुले पालन गर्नुपर्ने काम र कर्तव्यहरू, सम्पति सुधिकरंमा सर्भेयरहरुको भूमिकाको बारेमा छलफल गरिएको थीयो।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सर्भेयरहरुलाई सचेत गराउन भविष्यमा पनि यस्ता जानकारीमूलक मिटिङ्गहरु आयोजना गर्न प्रतिबद्ध व्यक्त गरेको छ ।

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS