Connect IPS
IME Life

डीएभी विद्यालयमा देवनागरी दिवस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४ औँ अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा देवनागरी दिवस मनाएको छ । विभिन्न विद्यालय तथा विद्यार्थीको उपस्थितिमा उक्त दिवस सम्पन्न भएको हो ।

विभिन्न भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाण्डौँ उपत्यकाका १८ विद्यालयका शिक्षक र विद्यार्थीहरु माझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिंदी भाषा विभागहरुको समन्वयमा देवनागरी दिवस मनाएको हो ।

Prabhu
Crest

उक्त अवसरमा सहभागी विद्यालयहरुले संस्कृत श्लोकवाचन, नेपाली–हिंदी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरुमा आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए ।

अन्तरविद्यालय प्रतिस्पर्धाहरुमा डीएभी अप्रतिस्पर्धी रहेपनि डी.ए.भी. आबद्ध विद्यार्थीहरुले संस्कृत, नेपाली र हिंदी लगायत विभिन्न मातृभाषाका साहित्य, सस्कृति, कला र रितिरिवाज झल्काउने नृत्य एंव कलाकौशलता प्रर्दशन गरेका थिए । डी.ए.भी. का विद्यार्थीहरुले संस्कृत स्वागत गित, नवरस झल्किने थेमेटीक शिबताण्डब, थारु भाषा र संस्कृतिको माघौटा नाँच र मगर भाषा र संस्कृति बोकेको टप्पा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी अङग्रेजी माध्यम विद्यालय भएपनि स्थापनाकालदेखि देवनागरी भाषाहरु अध्ययन–अध्यापन भइरहेको जानकारी गराए । उपस्थित सम्पूर्ण सहभागीहरुलाई डी.ए.भी. विद्यालयले संस्कृत भाषाको विकासमा अनवरत रुपमा लागिपरेको र विद्यालयले अध्यापन गराउँदै आएको पाली भाषालाई समेत समेटेर अघि बढ्न सुझाब दिए । सोही अवसरमा उनले जननी, मातृभाषा र शिक्षण प्रक्रियाको अन्तरसम्बन्धको चर्चा गर्दै मातृभाषा मानव इतिहासको धरोहर रहेको र पुस्तान्तरण प्रक्रियामा भाषाको सवलीकरण गर्ने सवालमा शैक्षिक संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।

त्यसैगरि नेपाल संस्कृत विश्वविद्यालयका उप–कुलपति प्रा.डा. यादव प्रकाश लामिछानेले विद्यार्थीहरुको प्रतिभाको उच्च प्रशंसा गर्दै विद्यालयको देवनागरी भाषाको एकिकृत मञ्चमा सहभागी हुन पाउँदा हर्षित भएको बताए । उनले भाषा र लीपिको विकास भएमात्र शिक्षण प्रक्रिया अगाडी बढ्न सक्ने बताए ।

नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका सह–प्राध्यापक डा.कर्नाखर खतिवडा र त्रिभुवन विश्वविद्यालय हिंदी केन्द्रीय विभागकी डा.मंचला झा बिच शिक्षण प्रक्रियामा मातृभाषाको भुमिका विषयमा अन्तरक्रिया भएको थियो । उनीहरुले ज्ञानको प्रस्फुटनमा चिन्तन र मनन देखि अभिव्यक्तिको तहमा अन्य भाषाको तुलनामा मातृभाषा प्रभावकारी रहेको र अध्ययन–अध्यापन प्रक्रिया सरल र छिटो छरितो ढङ्गले अगाडी बढ्ने तथ्य र तथ्याङ्कहरु प्रस्तुत गरेका थिए । सोहि अवसरमा मृत र जीबन्त भाषाको बारेमा समेत अन्तरक्रिया भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS