IME Life New

लुम्बिनी जनरलको साधारण सभा सम्पन्न, लाभांश र मर्जरको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले कम्पनीको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोग क्याटरिङमा सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र ० दशमलव ३६७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको १८औं बार्षिक प्रतिवेदन २०७८/०७९ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात, आर्थिाक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गरेको छ ।

Esewa
Crest

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम बिशेष प्रस्तावमा उल्लेखित यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीको संयुक्त कारोवार शुरु हुनुभन्दा अघिल्लो दिनसम्मको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभाले प्रबन्धपत्रको दफा ५ (ख) र ५ (ग) संशोधन गर्ने, यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने, यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड तथा अंग्रेजीमा कायम गर्ने तथा नयां बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र, नियमावली, मूअक दर्ता प्रमाणपत्र नम्बर, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लि। को कायम रहने गरी निर्जीवन बीमा व्यबसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि गरिएको सम्झौता तथा मुल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदन समेतका आधारमा निर्धारण गरिए बमोजिम गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल १०० कित्ता बराबर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम १०० कित्ता बराबर ८० कित्ता शेयर कायम हुने गरी स्वाप रेसियो १००ः८० लाई स्वीकृत गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तीम सम्झौता पत्र सहमति पत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने, यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि दुबै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक मूल्याङ्कनकर्ता जे।बि। राजभण्डारी एण्ड डिबिन्स, चार्टर्ड एकाउन्टेन्टको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्वन्धि साधारणसभाबाट पारित बिशेष प्रस्तावहरुका सम्वन्धमा तथा सभाले गर्ने अन्य निर्णय कार्यान्वयन गर्ने सिलसिलामा नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य नियामक निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशन कार्यान्वयन गर्न तथा मर्जर सम्वन्धमा गर्नुपर्ने बांकी सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको अर्को साधारण सभा नभएसम्मका लागि सञ्चालक समितिमा यस कम्पनीबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS