IME Life New

यी हुन् सगरमाथा इन्स्योरेन्सका सर्वाधिक २३ ठुला लगानीकर्ता, कसको लगानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आधारभुत शेयरधनीहरुले मात्रै ६७.०८ प्रतिशत हिस्सा ओगटेका छन् । हाल कम्पनीमा एक प्रतिशत भन्दा माथि शेयर स्वामित्व ग्रहण गर्ने लगानीकर्ताको संख्या २३ रहेको छ ।

जसमा सर्वाधिक धेरै सेलिन्को इन्स्योरेन्स पि.एल.सिको मात्रै २० प्रतिशत हिस्सा रहेको छ । यस बाहेक स्वदेशी तर्फ सबैभन्दा ठुलो हिस्सा साल्ट ट्रेडिङ कर्पोरेसनको ६.०८ प्रतिशत शेयर पूँजी रहेको छ । त्यस्तै संस्थागत लगानीकर्ताको तर्फबाट अर्को ठुलो लगानी सन राइज बैंकको ५ प्रतिशत शेयर पूँजी छ । व्यक्तिगत तर्फ भने सबैभन्दा ठुलो लगानी दिव्य मणी राजभण्डारीको ५.२७ प्रतिशत हिस्सा छ ।

Esewa
Crest

अन्य ठुला लगानीकर्ताहरु क्रमश ओभरसिज ट्रेडिङ प्रा.लिको २.७२ प्रतिशत, नरेन्द्र कुमार अग्रवाल २.५० प्रतिशत, अशोक कुमार मोदी २.५० प्रतिशत, राम कृष्ण मानन्धर १.९६ प्रतिशत, हिमाल एण्ड कम्पनी लि. १.९६ प्रतिशत, ज्योति एण्ड कं. १.९६ प्रतिशत, भाजुरत्न एण्ड कं. १.९६ प्रतिशत, रामलालजी धापीदेवी गोल्छ च्यारिटी ट्रष्ट १.८० प्रतिशत, लोकमान्य गोल्छ १.५९ प्रतिशत, सुशिल कुमार पन्त १.४६ प्रतिशत, सुरेन्द्र कुमार गोल्छा १.२६ प्रतिशत, अमृता पराजुली १.२४ प्रतिशत, संजय गोल्छ १.२३ प्रतिशत, शेखर गोल्छा १.२३ प्रतिशत, प्रदिप कुमार रुङ्गाटा १.१८ प्रतिशत, चन्द्र कुमार गोल्छा १.०९ प्रतिशत, हेमन्त गोल्छा १.०८, राजेन्द्रमान शेचरन एक प्रतिशत र जयश्री गोल्छाको एक प्रतिशत लगानी रहेको छ ।

एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व ग्रहण गर्ने लगानीकर्तालाई आधारभुत शेयरधनीको रुपमा लिइन्छ । मर्जरको सहमति पछि आधारभुत शेयरधनीको शेयर कारोबार रोक्का राख्ने व्यवस्था रहेको छ । यहि व्यवस्थाका कारण हाल लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मर्जरका क्रममा माथिका शेयरधनीहरुको शेयर कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS