Connect IPS
IME Life

नेशनल इन्स्योरेन्सको खुद नाफा १६ करोड ९१ लाख, बीमा कोषमा १ अर्ब १८ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । गत वर्ष ६ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले यस वर्ष भने १६ करोड ९१ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको जगेडा कोष ऋणात्मक रहेको छ । कम्पनीको जगेडा कोष ६३ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष कम्पनीको बीमा कोषमा १ अर्ब ९ करोड रहेको थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीको बीमा कोषको आकार भने बृद्धि भएको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले २५ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ४७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको हो ।

कम्पनीले यस अवधिमा ३४ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढी भएको छ अर्थात कम्पनीले गत वर्षको तुलनामा यस अवधिमा बढी दाबी तिरेको छ ।

यस अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या १६ हजार ४२ वटा रहेको छ । यस संख्या बराबर कम्पनीले ४९ करोड ९ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS