IME Life New

ओरिएण्टल इन्स्योरेन्सको नाफासँगै व्यवसायमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीकोे अधिकांश सूचकमा गिरावट देखिएको छ ।

कम्पनीको जगेडा कोषमा ३७ करोड ७९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २४ करोड ८४ लाख रुपैयाँ थियो । कम्पनीको बीमा कोषमा १ अर्ब २२ करोड १० लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

यस अवधिमा कम्पनीले १२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा घटेको हो ।

यस अवधिमा कम्पनीले ४३ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि घटेको छ ।

यस अवधिमा कम्पनीले २७ करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष १६ करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले अस अवधिमा धेरै दाबी भुक्तानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS