Connect IPS
IME Life

युनाइटेड इन्स्योरेन्सको मुनाफा ३३ प्रतिशत बढ्यो, निर्जीवन बीमा व्यवसायमा भारि गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको मुनाफामा ३३ प्रतिशतले सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार खुद मुनाफा ८ करोड २ लाख रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा ६ करोड रुपैयाँ थियो ।

मुनाफामा सुधार देखिए पनि समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा भने अत्याधिक गिरावट आएको छ । यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४० प्रतिशतले घटेर २६ करोड १७ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्षको यहि अवधिमा ४४ करोड २४ लाख रुपैयाँ थियो । उपासना पौडेलको बहिर्गमन सँगै कम्पनीको सम्पुर्ण व्यवसायमा भारि गिरावट देखिएको छ ।

Prabhu
Crest

कुल बीमा शुल्क आर्जन पनि ३२ प्रतिशतले घटेको छ । कुल बीमा शुल्क आर्जन ३१ प्रतिशतले घटेर ५९ करोड ३१ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यहि अवधिमा ८ करोड ८२ लाख रुपैयाँ थियो ।

त्यस्तै दाबी भुक्तानी पनि बढेको छ । कम्पनीको दाबी भुक्तानी ३१ प्रतिशतले बढेर समिक्षा अवधिमा १७ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अझै ९४ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा एक अर्ब ६ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।

हाल कम्पनीमा कायम बीमा लेख संख्या पनि ३२ प्रतिशतले घटेर ५५ लाख ६३० वटामा झरेको छ । गत वर्षको यहि अवधिमा ८१ हजार ८५२ वटा पोलिसी जारी गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ करोड ८७ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS