Connect IPS
IME Life

लुम्बिनी जनरलको मुनाफा १० करोड ४९ लाख, बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मुनाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १० करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड ३८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ४८ प्रतिशतले बढाएको छ भने कुल बीमा शुल्क आर्जन २८ प्रतिशतले बढाउन सफल भएको छ । यस अवधिम खुद बीमा शुल्क आर्जन ५० करोड ९६ लाख रुपैयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन ९७ करोड २१ लाख रुपैयाँ छ ।

Prabhu
Crest

गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन ३४ करोड ३७ लाख रुपैयाँ थियो भने कुल बीमा शुल्क आर्जन ७५ करोड ४७ लाख रुपैयाँ थियो । यस अवधिमा दाबी भुक्तानी ३० प्रतिशतले बढेको छ । कम्पनीले २४ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गर्दा पनि अझै ७१ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा एक अर्ब ६ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।

लुम्बिनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा २५ करोड ३७ लाख रुपैयाँ जम्मा भएको छ । बीमा कोषमा ८४ करोड रुपैयाँ जम्मा भइसकेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी सँग मर्जरको अन्तिम तयारीमा रहेको लुम्बिनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS