Connect IPS
IME Life

नेको इन्स्योन्सको मुनाफा १७ प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जनमा देखियो गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको मुनाफा १७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशिक अवधिमा १७ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अधविमा कम्पनीले १५ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

मुनाफामा सुधार देखिए पनि निर्जीवन बीमा व्यवसायमा भने गिरावट देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमा शुल्क आर्जन ११ प्रतिशत र कुल बीमा शुल्क आर्जन भने २.५ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा नेको इन्स्योरेन्स कम्पनीले ८७ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन एक अर्ब ५४ करोड रहेको छ । गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन ९८ करोड थियो भने कुल बीमा शुल्क आर्जन एक अर्ब ५८ करोड थियो ।

जारी बीमालेख संख्यामा पनि ६ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा जारी बीमालेखको संख्या एक लाख ५४ हजार रहेको छ । गत वर्षको यहि अवधिमा एक लाख ६५ हजार थियो ।

कम्पनीले समिक्षा अवधिमा ३६ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अझै एक अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३६ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो भने २ अर्ब ३९ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।

कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ३२ करोड १६ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS