IME Life New

आइएमई जनरलको बीमा कोष १५% ले वृद्धि हुँदा, नाफा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ७ दशमलव ८७ प्रतिशतले वृद्धि हुँदै १३ करोड ०९ लाख पुगेको छ ।

कुल बीमा शुल्क आर्जन ९ प्रतिशतले वृद्धि हुँदै ९० करोड २६ लाख पुगेको छ भने खुद बीमा शुल्क आर्जन ७ दशमलव ७९ प्रतिशतले वृद्धि हुँदै ४० करोड ५६ लाख पुगेको छ ।
१ अर्ब ७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ३२ करोड ८० लाख संचित छ भने बीमा कोषमा ६१ करोड ११ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ७ दशमलव ८२ प्रतिशतले वृद्धि हुँदा बीमा कोष १५ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले पुष मसान्तसम्म ३९ करोड ०१ लाख कुल दावी भुक्तानी गर्दा १२ करोड ६३ लाख खुद दाबी भुक्तानी गरेको छ।

Esewa
Crest

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा र प्रति शेयर किताबी मूल्य १५५ रुपैयाँ १९ पैसा छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS