IME Life New

मर्जरको दवावमा रहेका आइएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्समा यस्तो छ क्रस होल्डिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले क्रस होल्डिङ रहेका तीन बीमा कम्पनीहरु नेपाल इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई मर्जरका लागि लगातार दावव दिदै आएको छ ।

चन्द्र ढकाल तथा आइएमई समुहको नेपाल इन्स्योरेन्समा १५.६६ प्रतिशत र आइएमई जनरलमा १४.२८ प्रतिशत शेयर रहेको छ । त्यस्तै युनाइटेड डिष्ट्रिव्युटर नेपालको नेपाल इन्स्योरेन्समा ६.९५ प्रतिशत लगानी रहेको छ भने युनाइटेड इन्स्योरेन्समा २.८३ प्रतिशत लगानी रहेको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नेपाल इन्स्योरेन्स कम्पनीमा १.७४ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी गत वर्ष १.७८ प्रतिशत लगानी रहेको छ । कम्पनीको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा भने प्रुडेन्सियल क्यापिटलको लगानी देखिदैन ।

Esewa
Crest

नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख शेयरधनीहरु

नेपाल इन्स्योरेन्स कम्पनीमा नेपाल बैकको १५ प्रतिशत लगानी रहेको छ । त्यस्तै युनाइटेड डिष्ट्रिव्युटर्स नेपालको ६.९५ प्रतिशत, भोज राज जोशीको ५.३६ प्रतिशत हिस्सा देखिन्छ । आइएमई होल्डिङको ५.२२ प्रतिशत, आइएमई लिमिटेडको ५.२२ प्रतिशत र आइएमई इन्भेष्टमेन्टको ५.२२ प्रतिशत लगानी रहेको छ । लाइफ केयर डिष्ट्रिव्युटरको ३.४८ प्रतिशत र प्रुडेन्सियल क्यापिटलको १.७४ प्रतिशत लगानी छ ।

आइएमई जनरलका प्रमुख शेयरधनी

आइएमई जनरलमा चन्द्र प्रसाद ढकालको ७.७५ प्रतिशत, हेमराज ढकाललको १०.१५ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३.२२ प्रतिशत लगानी देखिन्छ । यस वर्ष चन्द्र ढकाल र हाथवे इन्भेष्टमेन्टको लगानी घटेको देखिएको छ । उषा इन्भेष्टमेन्टको ७.५० प्रतिशत, नेपाल बंगलादेश बैंकको ७.७४ प्रतिशत, कुमार पौडेलको ३.३ प्रतिशत, तिलक बहादुर रानाभाटको २.३८ प्रतिशत, अन्जन श्रेष्ठकव २.२२ प्रतिशत, निरन्जन श्रेष्ठको २.२२ प्रतिशत, निराकार श्रेष्ठ २.२२ प्रतिशत, लोकराज पौडेलको १.०८ प्रतिशत, दिपक कुँवरको १.७९ प्रतिशत, सन्चिता पाण्डे स्वारको १.२१ प्रतिशत, एस.आर. हाईड्रो एण्ड इन्भेष्टमेन्टको १.२६ प्रतिशत र प्रताव जङ्ग पाण्डेको १.१३ प्रतिशत लगानी छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी

श्रवण कुमार अग्रवाल ४ प्रतिशत, विरेन्द्र कुमार संघाइको ६.५० प्रतिशत, गोविन्द लाल संघाइ २.३४ प्रतिशत, मञ्जु अग्रवालको २.११ प्रतिशत, त्रिलोक चन्द्र अग्रवाल २.४५ प्रतिशत, अशोक कुमार अग्रवाल १.५९ प्रतिशत रामचन्द्र संघाइको २ प्रतिशत सुवास चन्द्र संघाइको २ प्रतिशत, संस्कृत/ समित कुमार अग्रवालको ३.१६ प्रतिशत, रामावतार शशिकान्त अग्रवालको ३.१६ प्रतिशत, राजेन्द्र अग्रवाल १.७० प्रतिशत, विशाल अग्रवालको ३ प्रतिशत, मधु अग्रवालको १.१३ प्रतिशत, जगदिश प्रसाद अग्रवालको २ प्रतिशत, तुलसी राम अग्रवाल २.४७ प्रतिशत, पुजा इन्टरनेशनल नेपालको २.७५ प्रतिशत, अर्पित अग्रवाल १.४९ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले भने यस वर्षको वित्तीय विवरणमा शेयर नरहेको जनाएको छ ।

युनाइटेड डिष्ट्रिव्युटर्स नेपालको १.८१ प्रतिशत, आरएमसी इन्भेष्टमेन्टको ३.७४ प्रतिशत, सुमित अग्रवालको १.९२ प्रतिशत, रोहि गुप्ताको २.२ प्रतिशत, अनुज अग्रवालको १.३९ प्रतिशत र कविता संघाइको २.३४ प्रतिशत लगानी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS