IME Life New

सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश र मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सभा फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे आयोजना गर्ने जनाएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्ता पुँजीको १२ दशमलव ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ६५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

Esewa
Crest

साथै सो सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जर सम्बन्धि सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूह अन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति बमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयर मध्ये २० प्रतिशत शेयरहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

1675254948086

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS