IME Life New

यूनाइटेड इन्स्योरेन्सको प्रस्तावित लाभांश आज पारित हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले कम्पनीले आज पुस २७ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा शंखमुल स्थित अनमोल ब्याक्वेटमा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने बोनस शेयर र ० दशमलव २६३२ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८ /७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने, कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS