Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको सिइओको वार्षिक तलब सुविधा ६४ लाख ५७ हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब, भत्ता, बोनस र सुविधा बापत ६४ लाख ५७ हजार २२९ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त तलब सुविधाको अधिकाम्स रकम अहिलेका प्रमुख कार्यकारी अधिकृत विर कृष्ण महर्जनले बुझेका हुन् । कम्पनीले महर्जनलाई २०७८ कार्तिकमा कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको थियो ।

महर्जन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट कुलङ पिरियड छल्न नेपाल इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । कम्पनीले कुलिङ पिरियड सकिने वित्तीकै गत जेठदेखि चार वर्षका लागि सिइओ भएका थिए ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा अन्य सुविधा बापत ६१ लाख ९ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत तीन लाख ४७ हजार सहित ६४ लाख ५७ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले सिइओलाई ६९ लाख ४९ हजार तलब भत्ता र कर्मचारी बोनस बापत १५ लाख रुपैयाँ सहित ८४ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको थियो ।

कम्पनीले सञ्चालक समिति तथा विभिन्न उपसमितिहरुलाई बैठक भत्ता बापत २८ लाख ३३ हजार रुपैयाँ भुक्तानी गरेको छ । प्रवन्धक तथा सो भन्दा माथिका पदाधिकारीहरुलाई पारिश्रमिक भत्ता तथा सुविधा बापत जम्मा तीन करोड तीन लाख १० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार कम्पनीले गत आर्थिक वर्षमा ३३ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस आधारमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ हुन्छ । कम्पनीले यस पटक शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर दिएको छ । ७४ औं वार्षिक साधारणसभाबाट उक्त लाभांशको प्रस्ताव पनि पारित भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS