IME Life New

शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न भएको छ । बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यका साथ यस शिखर इन्स्योरेन्स कम्पनीद्धारा आयोजित “बीमा दाबी ब्यवस्थापन सरलिकरण तथा सहजिकरण, सर्भेयरको भुमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए जसमा कम्पनीका तर्फबाट शिखर इन्स्योरेन्स का सहायक महाप्रवन्धक प्रकाश थापा, सर्भेयरका तर्फबाट नेपाल इन्स्योरेन्स सर्भेयर एसोसियसनका अध्यक्ष मोहन पुरुष ढकाल, यातायात व्यवसायीका तर्फबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वार, सर्भेको अन्तराष्ट्रिय अभ्यास तथा अनुभव सम्बन्धमा प्रोटोकल इन्स्योरेन्स सर्भेयरर्स एण्ड लस एसोसर्स, इन्डियाका सिनियर सर्भेयर तथा डाइरेक्टर निरज शैनी र भर्खर कार्यन्वयनमा आएको बीमा ऐन २०७९ का सम्बन्धमा बीमा समितिका निर्देशक सुशिल देव सुबिदीले कार्य पत्र प्रस्तुत गरेका थिए ।

Esewa
Crest

प्रस्तुत भएका कार्यपत्रको छलफलमा मोडरेटरको भुमिकामा हिमालनयन जनरल इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत सुसिल बज्रचार्य, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, बीमा समितिका पुर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर के.सि. र इन्स्योरेन्स इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोज राज शर्मा रहेका थिए ।

कार्यपत्र माथि छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, नेपालका बरिष्ठ सर्भेयरहरु, यातायात व्यवसायी योगेन्द्र कर्मचार्य, हिरालाल श्रेष्ठ, नेपाल बीमा प्राधिकरणका उप निर्देशक बिरोध भट् लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा १५० जना सर्भेयर, यातायात व्यवसायीहरु, कम्पनीका कर्मचारी लगायत गरी २५० जनाको सहभागिता थियो । कार्यक्रम बिहान नौ बजे देखि बेलुका सम्म चलेको थियो ।

कार्यक्रमको समापन समारोह शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन समारोहमा प्राधिकरणका अध्यक्षले यस प्रकारको कार्यक्रमको आयोजना गरेकोमा कम्पनीलाई धन्यबाद दिदै यसले बीमा दाबीलाई सरल बनाउनेमा बिश्वास ब्यक्त गर्दै कम्पनीले गर्ने एउटा सरल बीमा दाबी भुक्तानीले १०० जनालाई बीमा गर्न उत्प्रेरण र बीमा प्रतिको बिश्वास बलियो बनाउने र एउटा झन्झटिलो र तितो अनुभवको बीमा दाबीले २०० भन्दा बढी ब्यक्तिलाई बीमा प्रतिको बिश्वासमा ह्रास आउने बताए ।

कम्पनीले कार्यक्रमको समापन समारोहमा नेपालको बीमा क्षेत्रमा झण्डै तिस वर्ष वा सो भन्दा बढि अनवरत रुपमा सर्भेयरको रुपमा कार्यररत शिवश्चन साःख, महेन्द्र कुमार डागा, बटुक मान मल्ल, मोहन पुरुष ढकाल, राजेन्द्र प्रसाद केडिया, सूर्य प्रसाद जोशी र ओम प्रकाश राठी लगायत सात जनालाई नेपालको बीमा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे बीमा प्राधिकरणका अध्यक्षबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS