काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा प्रस्ताव गरेको छ । कम्पनीको हिजो मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ६५७९ प्रतिशत नगद लाभांश गरि कुल १३ दशमलव १५७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृती दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।