काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानीका क्रममा बीमा कम्पनीहरुले पटक पटक कागजपत्र बुझाउन निर्देशन दिदा पनि नबुझाउने बीमितलाई १५ दिनको म्याद दिएको छ । कोरोना बीमा गरि पिसिआर पोजेटिभ भै निर्जीवन बीमा कम्पनीहरुमा दाबीको जानकारी गराई हालसम्म पनि आवस्यक कागजपत्रहरु नबुझाएका दाबीकर्ताहरुलाई यस्तो सूचना जारी गरिएको छ ।
कम्पनीहरुले उनिहरुलाई बारम्बार तरताकेता गर्दा समेत आवश्यक कागजात नबुझाएको हुँदा उनिहरुलाई १५ दिनको समय दिइएको हो । यदि यस अवधिमा उनिहरुले आवस्यक कागजात नबुझाएमा उनिहरुको फाइल नै रद्द हुनेछ । यस्ता बीमितले आफुले सुरुमा दाबी गरेको बीमा कम्पनीको शाखा कार्यालयमा गएर आवस्यक माग गरिएको कागजात पेश गर्नु पर्नेछ ।
नेपाल सरकारले दिएको एक अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर केहि दिन अगाडी एक अर्ब ८२ करोड बराबरको दाबी भुक्तानी भइसकेको छ । बाँकी दाबी पनि यहि मोडालिटीमा अगाडी बढाउने पक्षमा नेपाल सरकार रहेको छ ।